२० असार २०८१, बुधबार
Follow Us

किन जाँदैछन् प्रचण्ड भारत भ्रमणमा

नेपालब्रिटेन संवाददाता
३० असार २०७९, बिहीबार ०४:३७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन् । शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ।

राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए । तर प्रचण्डले गर्ने भेटवार्ताको तालिका भने आइसकेको छैन। चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेट गरेकै साता दाहाल भारत भ्रमणमा जान लागेका छन् । त्यसैले प्रचण्डको यो भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसो त प्रधानमन्त्री पत्नी आरजु देउवा पनि भारत भ्रमणमै रहेकी छन् ।