३० बैशाख २०८१, आईतवार
Follow Us

नागरिकता विधेयकमा सांसद पाठकको संशोधन : एनआरएनलाई नेपाली सरहको अधिकार माग

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७९, सोमबार ०८:१०

काठमाडौं । नेकपा एमालेका सांसद डा. सूर्य पाठकले नेपाली नागरिकसँग विवाह गरेर आएकी महिलाले ७ वर्षपछिमात्र नागरिकता पाउने गरी संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

सरकारले दर्ता पेस गरेको विधेयकमा विदेशी महिलाले बिहे गरेको लगत्तै नेपाली नागरिकता पाउने उल्लेख छ । सांसद पाठकले त्यस्ता विदेशी महिलाले बिहे गरेको ७ वर्षसम्म निरन्तर स्थायी बसोबास गरेपछि मात्र अंगीगकृत नागरिकता प्राप्त गर्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

उनले पेस गरेको संशोधन प्रस्तावमा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपाली नागरिक सरह नागरिकता दिनसमेत संशोधन पेस गरेका छन् ।

पाठकले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार नेपाली नागरिक सरह उपभोग गर्न पाउनुपर्ने संशोधन हालेका छन् ।