२३ जेष्ठ २०८१, बुधबार
Follow Us

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०८१, शनिबार १९:५७

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिएका छन् ।

अक्सफाम, एआईएफ प्लस् अन्तराष्ट्रिय समिति र वल्र्ड क्याफेको संयूक्त प्रयासमा शनिवार आयोजित कार्यक्रममा नेपाली वालवालिकाहरुले नेपाली कलासंस्कृति झल्किने पहिरन सहित नृत्य प्रस्तुत गरेका छन् ।

युरोप नेपाल आर्ट एशोसियसन (ईएनएए) को सकृयतामा नेपाली कलाकारहरुले सो अवसर प्राप्त गरेका छन् । प्रशिक्षक मिङमा शेर्पाले वालकालिकाहरुलाई नृत्य प्रशिक्षण दिएकी ईएनएएले जनाएको छ ।

कार्यक्रममा कलाकारहरु रेवा खवास, मुस्कान क्षेत्री, दिए क्षेत्री, रिवा गौचन, अदिति गौचन, स्मृति चापागाईं र सोनिया जिशीले आआफ्नो प्रस्तुति दिए ।

कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले गरेका थिइन् ।