२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन नागरिकता : वास्तविकता नखोतली गलत प्रचारबाजी नगरौँ

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७९, आईतवार १४:३८


दीर्घकालिन रुपमा प्रवासी नेपाली ठूलो क्षति

लण्डन । गैरआवासीय नेपाली संघ यूकेका संस्थापक मध्येका एक कृष्ण भट्टले संसदबाट पारित नागरिकता विधेयकको बारेमा वास्तविकता बुझ्न आग्रह गरेका छन् ।

भट्टले सामाजिक संजाल फेसबुक मार्फत लेखका छन् आफ्नो नागरिकता त्याग्ने जस्तो सबैभन्दा गम्भीर बिषय लाई लिएर सत्य र वास्तविकता नखोताली गलत प्रचार बाजी नगरौँ।

उनले गैर आवासिय नेपाली संघको स्थापना काल देखि नै संघको उद्देश्य कुनै अधिकारबाट बन्चित गरिएको अर्कै दर्जाको गैर आवासीय नेपाली नागरिकताको लागि नभएको बताएका छन् ।

भट्टले अहिले प्रवासीलाई नागरिकता दिने अत्यन्त राम्रो काम भनि ढोल पिटीएको बिधेयकमा प्रस्तुत विषय अन्यायपूर्ण रहेको बताए ।

सन् २००३ को स्थापनाकाल देखि नै नेपाली नागरिकताको निरन्तरताको अभियान संगै विभिन्न कालखण्डमा यस अभियानको नेतृत्व गरि योगदान गर्ने संस्थापक अध्यक्ष डा महतो, संस्थापक महासचिव भिम उदास, पुर्व उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ, राम थापा, सोनाम लामा, पुर्व अध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, कुमार पन्त, लगायत नरेश कोइराला, चिरन्जीवी ढकाल, डा अम्बिका अधिकारी, लगायत धन्यवाद दिदै सम्पूर्णमा माग पुरा नभइन्जेल सम्म अभियान जारी राख्न अनुरोध गरेका छन् ।

भट्टले संसदबाट पारित विधेयकले दिर्घकालिन रुपमा क्षती पुग्ने भन्दै ५ वटा बुँद्धामा नयां बहस अघि सारेका छन् ।

१. हामीले नेपालमा जन्मसिद्ध पाएको नेपाली नागरिकताको अन्त्य गरिदिएको छ।
२. गैर आवासीय नेपाली संघको मुल नारा “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने नारा बिपरित हामीलाई एकपटकको नेपाली सधैको नेपाली बन्न लाइ बन्चित गरेको छ।
३. गैर आवासीय नेपली नागरिकताले हामीलाई अब नेपालको तेश्रो दर्जाको नागरिकमा छुट्याएको छ।
४. यो विधयेकमा आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार अन्तर्गत के के अधिकार पर्छन भन्ने बारे उल्लेख छैन्
५. दीर्घकालिन रुपमा यो अभियान र प्रवासी नेपालीलाई ठूलो क्षति हुने देखिन्छ ।