१३ भाद्र २०८३, शनिबार
Follow Us

बाढीपीडितको सम्झनामा हन्स्लोमा दीप प्रज्वलन गरिने

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०८३, शनिबार २१:२३

लण्डन । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा पश्चिम लण्डनको हन्स्लोमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।

पण्डित चिरञ्जीवी ढकालका अनुसार आगामी सोमबार, ३१ अगस्ट, साँझ ७ बजे हन्स्लोस्थित लक्ष्मी नारायण मन्दिरमा उक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागिएको हो।

बाढीमा परी दिवंगत भएकाहरूको आत्माको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी भई दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता जनाउन आयोजकले बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेको छ।

नेपाली कल्चरल सेन्टर यूकेको संयोजनमा आयोजना हुन लागेको कार्यक्रममा नेपालीहरूलाई राष्ट्रिय झण्डासहित नेपाली मौलिक पोशाकमा सहभागी हुन आह्वान गरिएको छ। आयोजकमध्येका एक कलम कँडेलले कार्यक्रम नेपाली समुदायको सामूहिक श्रद्धाञ्जली र ऐक्यबद्धताको प्रतीक बन्ने बताए।

कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरिनेछ। साथै, कार्यक्रममा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

धेरै पढिएको