३१ बैशाख २०८१, सोमबार
Follow Us

प्रचण्ड र वामदेवबीच भेट, के भयो कुराकानी ?

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७९, सोमबार १३:५५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार साँझ नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा समाजवादी केन्द्र बनाउनेबारे दुई नेताबीच छलफल भएको जनाइएको छ । केही समय यता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी बीचमा समाजवादी केन्द्र बनाउने बारे छलफल भइरहेको नेताहरुले दाबी गरेका छन् ।