२० जेष्ठ २०८१, आईतवार
Follow Us

मन्दाकिनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०७९, बिहीबार ०३:२८
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ९ साउनबाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो ।

सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता छुट्याइएको छ । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल लिमिटेडले गरेको छ ।