१८ बैशाख २०८१, मंगलवार
Follow Us

ब्रिटिस आर्मीमा कार्यरत नेपालीलाई सहकर्मीकी श्रीमतीलाई सताएको आरोपमा कोर्टमार्शल गरेर सजाय

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७९, आईतवार ०३:०६

काठमाडौं । ब्रिटिस आर्मीमा भर्ना भएका एक गोर्खा सिपाही सहकर्मीकी श्रीमतीको पछि लागे । उसलाई बारम्बार फोन गर्थे । इन्स्टाग्राम र फेसबुकमा समेत प्रोफाईल परिवर्तन गरेर हैरानी गर्थे । यी गोरखा सिपाहीले चार महिनाको अवधिमा २७ पटक महिलालाई फोन गरेका थिए ।

गोर्खा सैनिकको यस्तो हर्कतपछि अदालतबाट आदेश दिइयो, यी सैनिकलाई महिलाबाट टाढै बस्न निर्देशन दिइएको थियो । पीडित महिलाका सैनिक श्रीमान विदेशमा तैनाथ थिए । अब यी व्यक्तिलाई कोर्ट मार्शल गरियो र पदमुक्त गरियो।

डेलीमेलका अनुसार यो मुद्दा भर्खरै अदालतमा सुनुवाइ भएको थियो, जसमा सार्जेन्ट बमप्रसाद लुम्बाले आफ्नै रेजिमेन्टका सिपाहीकी श्रीमती कुसुम थापा गुरुङलाई यसरी दुव्र्यवहार गरेको खुलासा भएको थियो । जसका कारण महिला घरमा कैदी जस्तै बस्न थालेकी थिइन् । ३४ वर्षीया लुम्बा आफैं पनि विवाहित थिए । लुम्बा महिलाको पछि लागे।

उनले ४ महिनामा २७ पटक कुसुमलाई फोन गरेर खाना खान जान भने । फेसबुक र इन्स्टाग्राममा पनि लुम्बाले प्रोफाइल बदलेर कुसुमलाई म्यासेज गर्थे । निराश भएर कुसुमले उनलाई ब्लक गरिन् । कहिलेकाहीँ लुम्बाले राती फोन गर्थे ।

यो कुराको उजुरी सेनामा पुगेपछि लुम्बाले महिलालाई शोषण गरेको कुरा स्वीकारे । लुम्बाले सेप्टेम्बर २०२० र जनवरी २०२१ बीचमा यी कार्यहरू गरेको स्वीकार गरे। लुम्बालाई बर्खास्त गरी सार्जेन्टबाट कर्पोरल बनाइयो। यसैबीच अदालतले आफ्नो आदेशमा कुसुमलाई भेट्न नहुने र उनीसँग टाढै बस्न कडा निर्देशन दिएको छ ।

सुनुवाइका क्रममा लुम्बाका ती म्यासेजहरू पनि अभियोजन पक्षले देखाएको थियो जुन उनले कुसुमलाई गर्थे । यसमा उसले कुसमलाई ‘क्याम्पमा दौडिरहेको देख्छु’ भन्ने गर्थे, यस बाहेक उनले धेरै पटक डिनरमा जान म्यासेज पनि गरेका थिए ।