१० भाद्र २०८२, मंगलवार
Follow Us

ग्रेटर अस्टिन नेपाली समाजको पॉचौ अधिवेशन सम्पन्न

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०८१, सोमबार १८:४०

नारायण भण्डारी । हुट्टो । टेक्सस । ग्रेटर अस्टिन नेपाली समाजको पॉचौ अधिवेशन लामो विवाद र छलफल पछि केहि शर्तहरु सहित अप्रिल २८ मा संम्पन्न भएको छ । संस्थाको हुट्टो स्थित सभा हलमा आईतबार सॉझ सकिएको अधिवेशनले नयॉ बनेको कार्य समितिले आम सहमति लिएर संस्थाको विधान संसोधन गर्नु पर्ने, निवर्तमान कार्य समितिले प्रस्तुत गरेको आर्थिक गतिविधि माथि पुन स्वतंन्त्र लेखापरिक्षण गरिनु पर्ने, ट्रष्टीहरुको आम सहमतिमा सामुदायिक केन्द्रका संयोजकको चयन गरिनु पर्ने सर्त राखेर संम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थामा उठेका विभिन्न सवालहरुमा खुला र बन्द सत्रमा छलफल भएको थियो । अधिवेशनमा संस्थाका सदस्य तथा पशुपतिनाथ मन्दिरका अधिकांश ट्रस्टीहरुले संस्था विधान अनुसार नचलेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।आगामी दिनमा संस्थालाई विधान र प्रकृया अनुसार चलाउन नयॉ कार्य समितिले पहिलो काम विधान संसोधन गर्न एक स्वतन्त्र समिति गठन गरि काम शुरु गर्ने सहमति जनाएको छ । संस्थाको नयॉ नेतृत्व गत अप्रिल २१ गते निर्विरोध चयन भएको थियो ।

निर्विरोध चयन गरिएको कार्य समितिको औपचारिक घोषणा हिजो गरिएको थियो । जसमा अध्यक्षमा विदुर खतिवडा, उपाध्यक्षमा निरोज मानन्धर र अशोक शाही, महासचिवमा विनोद दाहाल, सचिवमा प्रदिप चौलागाई, कोषाध्यक्षमा धिरेन्द्र कुमार यादव रहेका छन ।

त्यसैगरि सदस्यहरुमा तिलक भण्डारी, नारायण रिजाल, रमेश बाहादुर खड्का, बिर्ख बाहादुर खत्री, मिथिलेश यादव, टिका माया गुरुगं, आनन्द यादव, रेशम बाहादुर गुरुगं, जगदीश पाठक, सुरज अधिकारी, सुजन पोख्रेल, इन्दिरा दाहाल काफ्ले, सपना रावत,धर्मेंद्र यादव, सूर्य कार्की रहेका छन ।

ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपाली

भाषीहरुको दान र चन्दा संकलन गरेर खडा गरिएको यो संस्थाले यहॉ २.६ एकड़ जमिन खरिद गरि पशुपतिनाथको मन्दिर निर्माण गरेको छ । संस्थामा निर्णय गर्न, संस्थाको संम्पति खर्च गर्न संस्थाका अध्यक्ष भोजराज भट्ट, आध्यात्मिक केन्द्रका संयोजक गेहेन्द्र केसी र उपसंयोजक देवराज न्यौपानेले कार्य समितिमा छलफल नगर्ने र मनोमानी ढंगले गरेको भन्दै अधिकांश सदस्यहरुले विधान पालन नभएको आरोप लगाए।अधिवेशनको खुला सत्रमा मन्तव्य राख्दै संस्थाका ट्रस्टी वोधराज घिमिरेले हिजोका दिनमा संस्था सानो हुदा विधि र प्रकृया चासो नभएको र अहिले संस्था ठुलो भएकोले पारदर्शिता, प्रकृया र पद्धति पूरा गरेर अगाडि पढनु पर्ने सुझाब दिए । त्यसैगरि राजेश्वर निरौलाले विधि पुरा नगरि संस्था चलाउदा अनेक समस्या आउने भन्दै राम्रो विधान वनाएर संस्था चलाउन सुझाव दिए ।

त्यसैगरि उद्दव खनाल, नेत्र वन्धु पोख्रेल,निर्मल श्रेष्ठ, डाक्टर प्रमोद शर्मा,गेहेन्द्र केसी, देवराज न्यौपाने,पदम ठकुराठी, मोहन सिटौला,राम कुमार महत्तो, डाक्टर कमल अधिकारी, दिपक हुमागॉईले मन्तव्य राखेका थिए । कार्यक्रममा मन्दिर निर्माण गर्न विशेष सहयोग गर्ने प्राविधिक लगाएत विभिन्न व्यक्तिहरु, वालशिक्षा कार्यक्रममा सहयोग गर्ने शिक्षक शिक्षिका,स्वास्थ्य क्षेत्रमा समाजलाई सहयोग पुर्याऊने प्राविधिक खेलकूद लगाएत विभिन्न क्षेत्रवाट सहयोग पुर्याऊनेहरुलाई पुरस्कार, मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो ।

अधिवेशनमा आफ्नो दुई बर्षे कार्यकालको आम्दानी ख़र्च विवरण समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भोजराज भट्टले जानी जानी आफुहरुले संस्थामा कुनै गलतकाम नगरेकोले आफ्नो प्रतिवेदन ताली बजाएर पास गरिदिन पटक पटक सदस्यहरुलाई आग्रह गरेका थिए ।

उनले प्रस्तुत गरेको सेप्टेम्वर २६, २०२२ देखि २६ अप्रिल २०२४ सम्मको आम्दानी खर्च विवरणमा पशुपतिनाथ मन्दिर निर्माण गर्दा बैंक मार्फत खर्च भएको ६ लाख ३३ हजार ९ सय ८१ डलर र नगदमा खर्च भएको १ लाख २१ हजार १ सय ४४ डलर गरि कुल खर्च ७ लाख ५५ हजार १ सय २५ रहेको छ ।

जसमा आम्दानी तर्फ ट्रस्टी र अन्य चन्दादाताबाट संकलन भएको १२ लाख ५२ हजार ५ सय ८ डलर र अन्य श्रोतबाट प्राप्त ७८ हजार ८ सय २६ डलर गरि जम्मा १३ लाख ३१ हजार ३ सय ३४ डलर रहेको देखाईएको छ । हाल संस्थाको नगद बैंक मौजाद बैक अफ अमेरिकामा ८८ हजार ६ सय ५६ डलर र फस्ट टेक्सस बैकमा १७ हजार ४ सय १७ डलर गरि जम्मा १ लाख ६ हजार ७३ डलर रहेको छ । त्यसै गरि माहासचिव विदुर खतिवडाले संस्थाको कार्य प्रगतिको प्रतिवेदन पढेर सुनाएका थिए ।

धेरै पढिएको