लण्डन् । संविधानविद डा. चन्द्रकान्त ज्ञवालीले संसदबाट पारित विधेयकले गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान नगरेको जिकीर गरेका छन् ।
ज्ञवालीले रेडियो कान्तिपुरसंगको एक बहसमा उनले राजनीतिक अधिकार विनाको नागरिकता हुनै नसक्ने बताए ।
जहाँ नागरिकता हुन्छ त्यहाँ राजनीतिक अधिकार हुन्छ तर अहिले गैरआवासीय नेपालीहरुलाई दिन लागिएको नागरिकता नभएर आवासीय सुविधा मात्र भएको उनले बताए ।
उनले अहिले सरकारले दिने भनेको आर्थिक, संस्कृति र सामाजिक अधिकार सहितको नागरिकताको रुपमा मान्ने हो भने संविधानको २९१ धारा बाधक हुने तर्क गरे ।
उनले अहिले सरकारले दिने भनेको एनआरए नागरिकता ललिपपको रुपमा देखाइएको बताए । उनले व्यक्तिले नत्यागेसम्म राजनीतिक अधिकार सरकारले खोस्न नसक्ने बताए ।
प्रतिक्रिया