४ बैशाख २०८१, मंगलवार
Follow Us

भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७९, सोमबार ०४:०९

युएइ । पाकिस्तानले टी-२० एशियाकप २०२२ को सुपर फोरमा भारतमाथि पाँच विकेटको रोमाञ्चक जीत हात पारेको छ । भारतसँगको पहिलो खेलमा हार व्यहोरेको पाकिस्तानले गएराती सम्पन्न सुपर फोरमा भारतलाई पराजित गर्दै शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।

दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८१ रनको बलियो लक्ष्य बनाएको थियो ।

भारतका पूर्व कप्तान विराट कोहलीले सर्वाधिक ६० रन बनाएका थिए । भारतको सुरुवाती ब्याटिङ निकै राम्रो देखिएपनि मध्यक्रममा ब्याटिङ लाइन खस्किएको थियो ।

१८२ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९ दशमलव ५ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि भारत पाँच विकेटले पराजित हुन पुगेको हो ।

पाकिस्तानका ओपनर ब्याटर मोहम्मद रिजवानले ५१ बलमा दुई छक्का र छ चौकासहित सर्वाधिक ७१ रनको पारी खेलेका थिए । अब पाकिस्तान र भारतले अफगानिस्तान र श्रीलंकासँग २-२ खेल खेल्नेछन् । शीर्ष स्थानमा रहने दुई टोलीबीच आउँदो आइतबार एशियाकपको फाइनल खेल खेलिनेछ ।