१५ चैत्र २०८०, बिहीबार
Follow Us

टी-२० एशियाकप क्रिकेटको फाइनलमा पाकिस्तान र श्रीलंका

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७९, बिहीबार ०४:२९

दुबइ । पाकिस्तानको जीतसँगै प्रमुख उपाधी दावेदार भारत टी-ट्‍वान्टी एशियाकप क्रिकेटबाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले सुपर फोरमा अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जीत निकाल्दा भारत औपचारिक रुपमा बाहिरिएको हो ।

सुपर फोरमा भारत अंकविहिन रहँदा पाकिस्तान र श्रीलंका चार-चार अंकका साथ फाइनलमा पुगेका छन् । भारतले अब अफगानिस्तानसँग सुपर फोरको आफ्नो अन्तिम खेल खेल्न बाँकी छ । गएराती सारजाँह क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रनको सामान्य लक्ष्य बनाएको थियो ।

अफगानिस्तानको सुरुवाती ब्याटिङ राम्रो भएपनि मध्यक्रम भने चल्न सकेन । जीतको लागि १३० रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९ दशमलव २ ओ‌भरमा ९ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

अन्तिम ६ बलमा एक विकेट बाँकी रहँदा ११ रन चाहिएको अवस्था पाकिस्तानलाई निकै कठिन थियो । तर नसिम साहले १९औं ओभरको पहिलो बलमै छक्का प्रहार गरेपछि पाकिस्तानको जीत सहज बनेको थियो ।

पाकिस्तानले अब सुपर फोरको अन्तिम खेल भोलि श्रीलंकासँग खेल्दैछ । भोलिको खेलपछि फाइनल खेल पनि पाकिस्तानले श्रीलंकासँगै आउँदो आइतबार खेल्नेछ ।