काठमाण्डौं । मुलपानीमा भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता बर्षा बाधक भएपछि सोमबार खेल प्रभावित बन्यो । बर्षाले प्रभावित भएपछि एनआरएनए र प्रदेश नम्बर १ टोलीले अंक बाँडेका छन् ।
एनआरएनए टोली समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने सुदुर पश्चिमको टोली समुह उपविजेता हुँदै सेमिफाइनलको बाटो पक्का गर्यो ।
अब सेमिफाइनलमा बिहिबार कीर्तिपुर मैदानमा एनआरएनए टोलीले आर्मीसंग खेल्ने छ।