लण्डन । नेपाल चेम्बर अफ कमर्सले स्लोभाकियाको लागि ‘मानार्थ वाणिज्यदुत’ नियुक्त गरेको छ ।
विगत ८ वर्ष देखि युरोपलाई कर्म क्षेत्र बनाउदै आएका जय प्रसाद शिवाकोटीलाई नेपाल चेम्बर अफ कमर्सले सो जिम्मेवारी दिएको हो ।
नेपालमा पाँचथर घर भएका शिवाकोटीले स्लोभाकियामा रेष्टुरेन्ट र फर्निचरको व्यवसाय गर्दै आएका छन् ।
शिवाकोटीलाई नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा आयोजित एक समारोहकाबीच सो जिम्मेवारी सुम्पिएको हो ।
शिवाकोटीले रुस र युक्रेनबीच युद्ध शुरुभए देखी त्यहाँ रहेका नेपालीलाई उद्धारमा उल्लेख भूमिका निर्वाह गरेर चर्चा बटुलेका थिए ।
उनले नेपाल चेम्बर अफ कमर्सप्रति सो नियुक्तिको लागि आभार व्यक्त गर्दै आगामी दिनमा दुई मुलुकबीचको व्यापारिक सम्बन्धलाई थप उचाईमा लैजान सक्दो पहल गर्ने बताए ।