लण्डन् । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभिन्न मानपदवी, अलंकार तथा पदकबाट पाँच बैंकर विभूषित भएका छन् ।
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने पनि सम्मानित भएका छन्। उनलाई कीर्तिमय राष्ट्रदीपबाट सम्मान गरिएको हो ।
उनको नेपालमा बैंक तथा वित्तीय संस्थाका साथै जलविद्युत र होटलहरुमा लगानी छ।
यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य सुप्रबल जनसेवाश्रीबाट सम्मानित भएका छन् ।