लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रविना थापा पर्यटन प्रर्वधनको लागि सकृय भएकी छन् ।
थापाले विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते पर्यटकीय स्थलको खोजी गर्नको लागि पोखरामा पदयात्राको शुरुवात गर्न लागेकी हुन् ।
गैरआवासीय नेपाली संघ, पोखरा महानगरपालिका वडा १३ र ट्रेकिङ्ग एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको संयुक्त आयोजनामा हुन लागेको पदयात्रामा सहभागी हुन थापाले आब्हान गरेकी छन् ।
पदयात्रामा स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा, पर्यटन व्यवसायी तथा वडाबासी र गैरआवासीय नेपालीसंघ एनआरएनएको सहभागीता रहने छ । सो कार्यक्रमको उदघाटन गैरआवासीय नेपाली संघकी अध्यक्ष थापाले गर्ने टानले जनाएको छ ।