लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं युरोपेली बैठक चेक रिपब्लिकमा हुने भएको छ ।
गैरआवासीय नेपाली संघको स्वीडेनमा सम्पन्न १४ औं बैठकले सो सम्मेलन प्रागमा गर्ने निर्णय गरेको हो ।
आगामी बर्ष २०२३ को मे महिनामा आयोजना हुने सो सम्मेलनमा युरोपस्थित संघका राष्ट्रिय समितिहरु सहभागी हुने छन् ।