लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अध्यक्ष डा. संन्जिव सापकोटा सम्मानित भएका छन् ।
सापकोटालाई विहिवार काठमाडौंमा स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष समारोहकाबीच स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।
सम्मानलाई चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सफलताको रुपमा लिएको डा. सापकोटाले जनाए ।
डा. सापकोटाले सो सम्मान पछि विश्वभर रहेका नेपाली समुदायको सेवामा थप काम गर्ने उत्साह मिलेको बताए ।
डा. सापकोटाले चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सिड्नीद्धारा जारी घोषणापत्र बाचन गरेर सुनाएका थिए।
मन्त्री खापुङले गैरआवासीय नेपालीहरुले नेपालप्रति देखाएको माया र सदभावको प्रशंसा गरेका थिए ।