२९ असार २०८२, आईतवार
Follow Us

नयाँ पर्यटकीय स्थलको खोजी गर्दै एनआरएनए अध्यक्ष थापा उदयपुरमा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७९, शुक्रबार १९:०५

लण्डन् । देशभित्र नयाँ पर्यटकीय स्थलको खोजी गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रविना थापा उदयपुरको गाइघाटमा पुगेकी छन् ।

यसअघि पोखरामा पर्यटन दिवसको अवसरमा पदयात्रा सुरु गरेकी थापाले उदयपुर जिल्लामा पर्यटनको सम्भवनाको बारेमा अध्ययनको लागि दुई दिन गाईघाटमा बिताएर शनिवार फर्किएकी छन् ।

उदयपुर भू–बनोटको आधारमा पहाड, बेसी, टार र तराई समेतको भू–भाग ओगट्ने यो जिल्ला क्षेत्रफलको हिसाबले नेपालको २० औं र प्रदेश नं १ अन्तरगत पर्दछ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्का सहितको टोलीमा सहभागी थापाले उदयपुर पर्यटकीय हिसावले निकै राम्रो रहेको बताइन् । उनले गाईघाटमा रहदाँ त्यहाँस्थित महिलाहरु समक्ष अन्तरक्रिया समेत गरेकी थिइन् । अन्तरक्रियामा बोल्ने महिलाहरुले गाईघाट बजारमा सार्वजनिक शौचालयको अभाव रहेको बताएका थिए । उनीहरुले जिल्लामा अस्थाई भए पनि घुम्ति शौचालयको माग गरेका थिए ।

विषम भौगोलिक बनोट रहेको यस जिल्लामा महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धारिला विकट डाँडाहरू छरिएका र पातलिएका बस्तीहरू छन् भने महाभारत फेदिदेखि चुरे श्रृङ्खला बीचमा समथर फाँटहरू र दक्षिणी सिमाना चुरे क्षेत्रमा घना जङ्गल रहेको छ ।

त्रियुगा नदीको किनारमा चुरे र महाभारतको बीचमा रहेका भित्री मधेशका फाँटहरू मध्ये त्रियुगा नगरपालिका त्रियुगा उपत्यकाको नामले पनि चिनिन्छ ।

अध्यक्ष थापालाई एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री खड्काले गाईघाटको पर्यटन प्रर्वधनको लागि भूमिका निर्वाह गर्न भन्दै मायाको चिनो उपहार दिएका थिए ।

जिल्लाको सिमानामा उत्तरमा मुख्यतः भोजपुर, खोटाङ्ग र ओखलढुङ्गाको केही भाग पश्चिममा मुख्यत सिन्धुली र धनुषाको केही भाग दक्षिणमा सिराहा र सप्तरी जिल्ला एवं पूर्वमा मुख्यतः सुनसरी र धनकुटा जिल्लाको केही भाग रहेको छ ।

नगरपालिकामा अवस्थित गाईघाट (बोक्से) मा सदरमुकाम रहेको यो जिल्ला समुद्र सतहबाट ३६० मिटरदेखि २३१० मिटर उचाईमा रहेको छ ।

धेरै पढिएको