६ जेष्ठ २०८१, आईतवार
Follow Us

इरान हिंसाः ९ जना युरोपेली नागरिक पक्राउ

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७९, शनिबार ०३:१३

एजेन्सी । इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका छन् । खुफिया अधिकारीहरूले पक्राउ परेकाहरुलाई जासुस संगठनका एजेन्ट भएको आरोप लगाएका स्थानीय सञ्चार माधयमहरुले जनाएका छन् ।

कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि राजधानी तेहरानमा विरोध प्रदर्शन सुरु भएको थियो र देशभर फैलिएको थियो ।

उत्तर–पश्चिमी सहर साकेजकी २२ वर्षीयालाई सेप्टेम्बर १३ मा नैतिकतासम्बन्धी प्रहरीले हिजाबसम्बन्धी नियम पालना नगरेको आरोपमा तेहरानमा पक्राउ गरेका थिए । पक्राउ परेको केही दिनपछि उनको मृत्यु भएको थियो ।

पक्राउ परेकाहरू पोल्याण्ड, स्वीडेन, जर्मनी, इटाली, फ्रान्स र नेदरल्याण्ड्सका रहेको इरानको गुप्तचर मन्त्रालयले जनाएको छ ।

यसैबीच, इरानविरोधी प्रदर्शनमा हालसम्म ७६ भन्दा बढीको मृत्यु भएको थियो ।