५ जेष्ठ २०८१, शनिबार
Follow Us

बाग्लुङ १ मा डा. सूर्य पाठक, २ मा मन्जु चालिसेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

नेपालब्रिटेन डट कम्
२१ आश्विन २०७९, शुक्रबार २०:२४

वलेवा । नेकपा एमालेले बाग्लुङ १ मा डा. सूर्य प्रसाद पाठक उम्मेदवारलाई बनाउने निर्णय गरेको छ । यस्तै एमालेले क्षेत्र नम्बर २ मा मन्जु चालिसेलाई उम्मेदवार बनाउने भएको छ । गत निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ वामगठवन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका डा सूर्य पाठक विजयी भएका थिए । पाठकले तत्कालिन बहालवाला सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्कालाई १३ हजार ४१ मतको फराकिलो अन्तरले हराउँदै विजयी भएका थिए ।

पाठकले ३३ हजार ६ सय ५७ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी थिइन् ।

एमालेले प्रदेश सभाको लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष हिरा केसी र केही महिना अघि नेपाली कांग्रेसबाट प्रवेश गरेका नवराज पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
प्रदेश सभाको लागि दुई नम्बर क्षेत्रबाट प्रकाश खत्री र लक्ष्मणलाई उम्मेदवार बनाउने भएको छ ।

गत संघिय निर्वाचनमा क्षेत्र नम्बर २ बाट नेकपा माओवादीका देवेन्द्र पौडेल विजयी भएका थिए । आगामी निर्वाचनमा गठबन्धनले क्षेत्र नम्बर १ मा जनमोर्चाको उम्मेदवार बनाउने भएको छ भने दुई नम्बरमा पुनः माओवादीको गठबन्धनको उम्मेदवार बनाउने भएको छ ।