८ जेष्ठ २०८१, मंगलवार
Follow Us

कालिकोटमा १५ बढी मलामी बेपत्ता

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०७९, सोमबार ०४:०६

कालिकोटमा मलामी गएका १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले केही बेरमा प्रहरी घटनास्थल पुगेपछि वास्तविक विवरण खुल्ने बताए ।

उनका अनुसार हिजो साँझ करिब ५ बजेको समयमा स्थानीय एक युवकको मलामीका लागि मानिसहरू कुकुरखोल्सी भन्ने स्थानमा गएका थिए । तीमध्ये केहीलाई खोलाले बगाएको भन्दै स्थानीयबासीले प्रहरीमा खबर गरेका थिए ।

बेपत्ता भएकाको सङ्ख्या १५ हो वा २० भन्ने पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । लगातारको पानीका कारण घटनास्थल आसपास टेलिफोन सम्पर्क गर्न समस्या भएका कारण पनि विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।