लन्डन । चर्चित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ बडा दशैंको अवसरमा बेलायतका प्रतिष्ठित सिनेमा हलहरूमा पनि प्रदर्शन हुन लागेको छ।
बेलायतमा प्रदर्शन तथा वितरणको अधिकार प्राप्त ‘९७७ सिनेमा’ (पापाराजी नेपाल प्रा.लि.) ले आइतबार (१८ अक्टोबर) दिउसो १२ बजे अल्डरशटस्थित एपायर हलमा ‘छ माया छपक्कै २’ को विशेष प्रदर्शन गरिने जनाएको छ।
977 Cinema (Paparazzi Nepal Pvt Ltd.) र UCAN को सहकार्यमा यूके प्रदर्शन हुन लागेको चलचित्र Cineworld, Savoy Cinema, Metro Cinema, ODEON र Piccadilly Cinema जस्ता स्थापित सिनेमा हलहरूमा हेर्न पाइनेछ।
हालसम्म घोषणा गरिएका प्रदर्शन स्थलहरू यसप्रकार छन्:
Cineworld: Bexleyheath, Ashford, Feltham and South Ruislip
Savoy Cinema: Doncaster, Catterick and Grantham
Metro Cinema: Harrow
ODEON: Manchester
Piccadilly Cinema: Leicester
यूकेका विभिन्न क्षेत्रमा रहेका नेपाली दर्शकलाई आफ्नै नजिकको सिनेमा हलमा चलचित्र हेर्ने अवसर प्रदान गर्ने उद्देश्यले थप सहर तथा सिनेमा हलहरूमा प्रदर्शन विस्तार गर्ने तयारी भइरहेको वितरकले जनाएका छन् ।
दीपेन्द्र लामाको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बनेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र मनिषा भट्टराई मुख्य भूमिकामा छन्। लोकप्रिय चलचित्र ‘छ माया छपक्कै’ को दोस्रो भागका रूपमा निर्माण भएको यस चलचित्रमा हास्यव्यङ्ग्य, प्रेम र पारिवारिक मनोरञ्जनलाई समेटिएको छ।
यूकेका विभिन्न सिनेमा हलहरूमा प्रदर्शन विस्तार गर्ने यस प्रयासले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ। दशैँको अवसरमा प्रदर्शन हुन लागेको चलचित्रले यूकेमा रहेका नेपाली दर्शकलाई परिवार र साथीभाइसँग नेपाली चलचित्रको मनोरञ्जन लिने अवसर प्रदान गर्नेछ।
यो फेसबुक पेजमा गएर चलचित्रको प्रदर्शन मिति, सिनेमा हलहरूको स्थान तथा नयाँ घोषणाहरूबारे जानकारी लिन सकिनेछ :
https://www.facebook.com/977Cinema
टिकट बुकिङका लागि वेबसाइट: https://977cinema.com/