८ जेष्ठ २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री देउवाद्धारा ‘एनआरएनए दिवस’ को उद्धघाटन

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७९, मंगलवार ०६:३८

लण्डन । प्रधानमन्त्री शेर बहादुर देउवाले गैरआवासीय नेपाली दिवसको उद्धघाटन गरेका छन् ।

देउवाले गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसको अवसरमा मंगलबार संघले काठमाण्डौंमा आयोजना गरेको एक विशेष समारोहको उद्धघाटन गरेका हुन् ।

मंगलवार होटल याक एण्ड यतिमा आयोजना गरिएको समारोहमा गृहमन्त्री बालकृष्ण खाँड, कानूनमन्त्री गोविन्द बन्दी, कांग्रेस नेता राधेश्याम अधिकारी, पूर्वमन्त्री रामकुमारी झाँक्री, माओवादी नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजबादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, मुख्यसचिव शंकरदास बैरागी लगायत नेपाल सरकारका उच्चपदाधिकारी तथा सचिवहरुको उपस्थिति रहनेको छ ।

दुई दिन सम्म चल्ले कार्यक्रमको अन्तिम दिन समापन समारोहलाई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माले सम्बोधन गर्ने कार्यक्रमतय गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

सरकारले अक्टोवर ११ तारिखलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रुपमा मनाउदै आएको छ । सन् २००३ मा समृद्ध नेपालको परिकल्पना सहित नेपालीको लागि नेपाली भन्ने मुल नारा सहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८४ देशमा शाखा रहेको छ ।