लन्डन । बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ । राजीनामा पत्रमा ब्रेभरम्यानले नियमहरूको प्राविधिक उल्लङ्घन भएको स्वीकार गरेकी छन् । उनले अगाडि भनिन्, ‘मैले गल्ती गरेको छु, म जिम्मेवारी स्वीकार गर्छु र म राजीनामा गरेकाे छु ।’
उनको राजीनासँगै ब्रेभरम्यान दोस्रो विश्वयुद्धपछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्री बनाएकी छन् । क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो ।