२ बैशाख २०८३, बुधबार
Follow Us

टीसीएन तरकारी बजारमा आगलागी

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७९, बिहीबार १०:२९

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका-१० स्थित मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ ।

मीना साहले सञ्चालन गर्दै आएको होटेलबाट सल्किएको आगोले तरकारी बजारमा फैलिँदा लाखौँ रुपैयाँको सामान नष्ट भएको छ । तरकारी बजारका होटेलमा ग्यासका सिलिण्डर पनि भएको र ती सिलिन्डर पड्किँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

तरकारी बजारमा टिन र काठले बनाइएका छाप्रा रहेकाले पनि आगो छिटो फैलिएको थियो ।

धेरै पढिएको