१८ बैशाख २०८१, मंगलवार
Follow Us

सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७९, शुक्रबार ०९:२८

काठमाडौं । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

आज थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सो आदेश दिएको हो ।

एक किशोरीले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने भएका छन् ।