२ बैशाख २०८३, बुधबार
Follow Us

कमैया मुक्त बालवालिकासंग एनआरएनए अध्यक्ष थापा

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७९, शुक्रबार ०६:१४

धनगढि । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले कमौया मुक्त बालबालिका समस्याका बारेमा छलफल गरेका छिन् । थापाले कन्चनपुरमा रहेको जनभावना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग भेटघाट गरेकी हुन् । भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा बिभिन्न समस्या रहेको बताउनु भयो । उहाँले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिनुभयो ।

विहिवार भएको विद्यालय भ्रमणको क्रममा अध्यक्ष थापाले गैरआवासीय नेपाली संघले मुख्य रुपमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेर गतिविधि संचालन गरेको बताउनुभयो । थापाले आगामी दिन बालबालिकाको शिक्षाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाउनु भयो ।

धेरै पढिएको