१६ चैत्र २०८०, शुक्रबार
Follow Us

त्रिपक्षीय वार्ताप्रति गोसो आशावादी, पेन्सन बारे छलफल सकरात्मक

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७९, शुक्रबार २०:३४

लन्डन । भूतपूर्व गोर्खाहरुको सम्बन्धमा बेलायत तथा नेपाल सरकारबीच जारी वार्तामा पेन्सनको मुद्धाले प्रवेश पाएकोमा भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले स्वागत गरेको छ।

गेसो केन्द्रीय सभापति कृष्णकुमार राईले शुक्रबार एक वक्तव्य जारी गर्दै बेलायतले टार्न खोजेको पेन्सन मुद्धा गोर्खा अभियन्ताहरुको पहलमा वार्ताको टेबलमा आएकोमा प्रसन्नता व्यक्त गरेका छन्।

वार्तामा पेन्सन मुद्धाको पक्षमा प्रभावकारी अडान राखेको भन्दै आमरण अनसनकारी अभियन्ताद्वय धन गुरुङ र पुष्पा राणा घलेलाई उनले धन्यवाद दिएका छन्।

बेलायत सरकारले वार्तालाई वेल्फेयरकै विषयमा सिमित गर्न खोजेको आरोप सभापति राईको छ।

गेसो सभापति राईले वार्ता सफल निष्कर्षमा पुग्नेमा आफूहरु आशावादी रहेको जनाएका छन्। जसका लागि उनले नेपाल सरकार र जी १० समूहका सदस्य सम्पूर्ण गोर्खा संगठनहरुबीच समन्वय तथा सहकार्यको अपिल पनि गरेका छन्।

विज्ञप्तिको पूर्णपाठ