२५ बैशाख २०८१, मंगलवार
Follow Us

स्ट्रेप ए संक्रमणबाट बेलायतमा ६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७९, शनिबार १२:१८

बेलायतमा स्ट्रेप–ए नामक घाँटीमा हुने संक्रमणका कारण ५ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । इंग्ल्याण्डमा गत सेप्टेम्बरदेखि फैलिएको सो संक्रमणका कारण १० वर्ष मुनिका ५ जना बालबालिकाको ज्यान गएको बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले जनाएको छ । यस्तै वेल्सकी एक युवतीको पनि मृत्यु भएको बताइएको छ ।

स्कटल्याण्ड, उत्तरी आयरल्याण्डमा पनि यो संक्रमण फैलिएको बताइएको छ । यद्यपी त्यहाँ कुनै पनि मृत्युको पुष्टि भएको छैन । बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले संक्रमण हेर्दा सामान्य देखिएता पनि यसले गम्भीर गर्ने भएकोले सचेत रहन अभिभावकलाई आग्रह गरेको छ ।

स्ट्रेप थ्रोट ब्याक्टेरियाबाट सर्ने संक्रामक रोग हो । विज्ञहरुका अनुसार ‘स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरिया स्ट्रेप थ्रोटको मुख्य कारण हो । उच्च ज्वरोका साथै घाँटी सुन्निने र टाउको तथा शरीरमा दुखाइ, घाँटीको ग्रंथिहरू सुन्निने, वाकवाकी लाग्ने बान्ता हुने र पेट दुख्ने, निल्न गाह्रो हुने, हात, खुट्टा, घाँटी र कम्मरको भागमा गाढा रातो रंग र दाना आउने लगायतका लक्षण देखा पर्ने यो रोग जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ तर विशेषगरी बालबालिकामा यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।