१६ जेष्ठ २०८१, बुधबार
Follow Us

कार दुर्घटना हुँदा एकै परिवारका ५ जना घाईते

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७९, आईतवार ०४:२५

अर्घाखाँची । गोरूसिङगे सन्धिखर्क सडक खण्डको शितगंगा-२ सितापुर राजुबास झोलङगेपुल नजिकै कार दुर्घटना हुँदा एकै घर परिवारका ५ जना घाईते भएका छन् । तनहु जिल्लाबाट सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको जिप सडकबाट झन्डै ८० मिटर तल सितखोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाईते हुनेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ बर्षीय लक्ष्मी त्रिपाठी, ५२ बर्षीय अन्शु त्रिपाठी, २७ बर्षीय शिरिर त्रिपाठी, २५ बर्षीय प्रकृति त्रिपाठी र कार चालक ३१ बर्षीय शिसन त्रिपाठी घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेमध्ये प्रकृति त्रिपाठी र चालक शिशिर त्रिपाठी दुई जनाको अवस्था गम्भीर रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले जनाएको छ । एक्कासी ब्रेक फेल भई कार अनियन्त्रित हुँदा सडकबाट तल खोलामा खसेको बताईएको छ ।

घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।