६ जेष्ठ २०८१, आईतवार
Follow Us

उदयपुरमा एनआरएनए स्वास्थ्य शिविर, परराष्ट्रमन्त्री सहभागी हुने

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७९, सोमबार ०४:३१

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिको सकृयतामा उदयपुरमा हुने स्वास्थ्य शिविरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी हुने भएका छन् ।
स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाका अनुसार संघले आगामी बुधवार त्रियुगा नगरपालिका – ११ मा स्तन क्यान्सरको बारेमा जनचेतना तथा साधारण स्वास्थ्य जाँचको लागि स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो ।

सो शिविरमा पाटन अस्पतालका क्यान्सर सम्बन्धी विशेषज्ञ डा. अरुण शाहीको नेतृत्वमा चिकित्सक तथा नर्सहरुको टोली परिचालन हुने भएका छन् ।

गैरआवासीय नेपाली संघ, स्थानिय जेसिस र त्रियुगा नगरपालीका वार्ड नम्बर ११ को सहकार्यमा हुने सो शिविरमा सहभागी भएर स्वास्थ्य सम्बन्धी सुविधा लिन संघकी कार्यकारी अध्यक्ष रविना थापाले आग्रह गरेकी छन् ।

शिविर संचालनको लागि वार्ड अध्यक्ष सुमन्त कोइराला, जेसिसको तर्फबाट सभु थापा र डा. सागर पौडेलले संयोजनको काम गरेको स्वास्थ्य समितिले जनाएको छ ।
यसअघि संघले झापा र इलाममा स्वास्थ्य शिविर संचालन गरेको थियो ।