गायक तथा संगीतकार सुगम थापा मगरको आवाजमा ९ बर्ष पछि फेरी बजारमा अर्को कोसेली तिमी बिनाको दोस्रो भाग तिमी भन्छौ पप गीत सार्वजनिक गरेका छन।
विदेशी भुमीमा रहेर पनि नेपाली गीत संगीतको मायाँ मोहबाट टाढिन नसकेका गायक थापाकै उत्कृष्ट शब्द तथा संगीतमा सजिएको गीत तिमी भन्छौले युवा पुस्ताको मायाँ प्रेमलाई प्रतिनिधित्व गर्ने कुरा गायक थापाको दावी छ।
उक्त गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् भने निकेश खड्काको निर्देशनमा मोडल कुन्साङ बम्जन, हाँस्यकलाकार खबपु चन्चल मगर र मेलीना चाम्लीङ राईको अभिनय रहेको छ। राजेन्द्र हुमागाईको छायांकन र बिकास धमलाको सम्पादन रहेको गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो।
सो गीत हेर्नको लागी सुगम थापा मगर अफिसियल च्यनलमा जानु होला।
प्रतिक्रिया