८ बैशाख २०८१, शनिबार
Follow Us

उदयपुरमा स्तन क्यान्सरबारे एनआरएनए स्वास्थ्य शिविर सम्पन्न

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७९, बुधबार १६:०५

उदयपुर । उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालकै चर्चित क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरुमा हुने स्तन क्यान्सरको परिक्षण गरेका हुन् । डा शाहीका अनुसार शिविरमा ३ सय ५० जनाले सेवा लिएका छन् ।

साथै शिविरमा सुगर जाँच, मिर्गौलाको जाँच गरिएको थियो । चिकित्सक भन्छन् पछिल्लो समय देशमा स्तन क्यान्सर भयावह रुपमा देखिदै आएको छ । शिविरको आयोजना गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सन्जिव सापकोटाले गरेका थिए । २५ जना चिकित्सकले सेवा दिएका छन् ।

शिविरमा नेपाली कांग्रेसका नेता डा नारायण खड्काले बढ्दो स्तन क्यान्सर बारे राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनले स्तन क्यान्सर बारे महिलाहरुलाई धेरै जानकारी नभएको भन्दै शिविर संचालन गरेकोमा डा सापकोटा र डा शाहीलाई धन्यवाद दिए ।