लण्डन् । शनिवार आयोजना हुने आप्रवासी विश्व सम्मेलनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सम्बोधन गर्ने भएका छन् ।
ग्लोवल डायस्पोराको आयोजनामा हुने सो सम्मेलनलाई दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुआन कार्लोस, इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइएमओ) की उपमहानिर्देशक उगोची डेनियल लगायतले सम्बोधन गर्ने भएका छन् ।
सम्मेलनमा सातवटै महादेशमा रहेका आप्रवासीहरुका समस्या र समाधानको बारेमा छलफल हुने बताएको छ ।
सम्मेलनमा एशिया क्षेत्रीयको प्रतिनिधित्व गर्दै डा. केसी र संघका संस्थापक संयोजक भीम उदास सहभागी हुने भएका हुन् ।
सम्मेलनमा अफ्रिका महादेशबाट अफ्रिका युरोप डायस्पोरा डेभलपमेन्ट प्लेटफर्मका कार्यकारी निर्देशक मिराना राजोहरिसन, अष्ट्रेलियाबाट युरोपबाट स्कटिस् व्यापार नेटर्वका अध्यक्ष, रेसेल डल्जेलिस, युक्रेन विश्व कांग्रेस नतालिया नेमिलिव्स्का, लगायतले सम्बोधन गर्ने तय गरिएको छ ।
प्रतिक्रिया