२५ पुष २०८२, शुक्रबार
Follow Us

कांग्रेसले बनायो साइबर सेना ‘एनसी विन’

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७८, बुधबार ०२:१७

नेपाली कांग्रेसले सामाजिक सञ्जाल पार्टीको प्रतिरक्षा गर्न ‘एनसी विन’ (नेपाली कांग्रेस वाइड्ली इन्फर्मेसन नेटवर्क) गठन गरेको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले प्रविधिमैत्री कांग्रेस अभियानअन्तर्गत यस्तो सञ्जाल बनाउने निर्णय गरेको हो।

विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले सञ्जाललाई तत्कालीन र दीर्घकालीन रूपमा पार्टीको प्रतिरक्षामा उपयोग गर्ने गरी जिम्मेवारी दिएको छ।

विभागका अनुसार यसले तत्कालीन रूपमा पार्टीको १४औँ महाधिवेशनको प्रचार गर्ने, अल्पकालीन कामअन्तर्गत आगामी निर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद गर्ने र दीर्घकालीन रूपमा सामाजिक सञ्जालमार्फत सकारात्मक प्रचार गर्नेछ।

विभागले प्रविधि र सामाजिक सञ्जाल उपसमितिका संयोजक इन्जिनियर दीपेश विष्टको संयोजकत्वमा २७ सदस्यीय केन्द्रीय संरचना तथा प्रदेश संरचनासमेत निर्माण गरेको प्रचार विभाग सचिवे दिनेश थापामगरले जानकारी दिए।

धेरै पढिएको