काठमाण्डौं । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले नेपालीसरह नेपालमा लगानी गर्ने वातावरण बनाउन सरकार समक्ष माग गरेकी छन् ।
थापाले विहिवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा विदेशी लगानी सम्बन्धी कानुनहरु सहज हुदै गए पनि गैरआवासीय नेपालीहरुलाई भने नेपाली सरह लगानी गर्ने वातावरण अझै नबनेको बताइन् ।
इन्टरनेश्नल प्रोजेक्ट डेप्लोमेन्ट फोरमको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै थापाले वैदेशिक रोजगारीबाट फर्केकालाई विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालको आर्थिक विकासमा लगाउन आग्रह गरिन् । उनले गैरआवासीय नेपाली संघले नेपालमा परोपकारी कामका अतिरिक्त लगानी, वैदेशिक क्षेत्र लगायतका नेपाल सरकारसंग नीति निमार्णमा काम गर्दै आएको चर्चा गरिन् ।
कार्यक्रमलाई डा. भोला रिजाल, व्यवसायी अरुण सुगार्मी, पूर्वआर्मी चिफ राजेन्द्र बहादुर क्षत्री लगायतले सम्बोधन गरेका थिए ।