नेपालको जनसंख्याको ७ प्रतिशत अर्थात २१ लाख नागरिक देशबाहिर रहेको राष्ट्रिय जनगणना २०२१ को प्रारम्भिक तथ्यांकले मुलुकबाहिर रहेको देखाएको छ ।
अध्ययनको सिलसिलामा मात्रै चार लाख १६ हजार तीन सय ६४ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका छन् ।
त्यस्तै, वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आव ०६५ ६६ देखि ०७८\७९ सम्ममा वैदेशिक रोजगार विभागबाट ५० लाख आठ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा महिलाको संख्या दुई लाख ८६ हजार दुई सय ४२ छ ।
वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांकअनुसार सचिवालयको स्थापनादेखि आव ०७८\७९ सम्ममा वैदेशिक रोजगारीका क्रममा १० हजार नौ सय ३२ कामदारको मृत्यु भएको छ भने दुई हजार एक सय २५ जना गम्भीर बिरामी तथा अंगभंग भएर फर्किएका छन् ।
वैदेशिक रोजगारीमा जाने युवामध्ये महिला बढी जोखिममा पर्ने गरेको आम्कासकी कार्यकारी प्रमुख विजया श्रेष्ठ राईले बताइन् । घरेलु कामदारलाई सरकारले प्रतिबन्ध गरेपछि पनि महिलाहरू अवैध प्रक्रियाबाट बिदेसिएका छन् ।
आइओएम तथ्यांकअनुसार प्रकाशित विश्व माइग्रेन रिपोर्ट २०२२ ले विश्वभर २८ करोड ५९ लाख मानिसहरू आप्रवासी श्रमिक रहेको देखाएको छ ।