१९ जेष्ठ २०८१, शनिबार
Follow Us

प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लगाउँदिनः दाहाल

नेपालब्रिटेन संवाददाता
४ पुष २०७९, सोमबार १०:०३

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि सबै चिज दाउमा नलगाउने बताएका छन् । भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले औपचारिकरुपमा आफूले प्रधानमन्त्री दाबीसमेत नगरेको बताए । ‘प्रधानमन्त्री बन्नकै लागि भनेर सबै चीज दाउमा लगाउँदिन,’ उनको भनाइ थियो ।

दाहालले राष्ट्रपतिले दिएको सात दिनको समयभित्र गठबन्धनभित्र सत्ता साझेदारी टुंगो लगाउने दाबीसमेत गरे । ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता महत्वपूर्ण पदहरुको टङ्ंगो प्याकेजमा लगाउने गरी छलफल तीव्र पारिएको छ,’ उनको भनाइ थियो, ‘एक साताभित्रै देशले प्रधानमन्त्री पाउँछ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस ३ गते सात दिनको समय दिएकी थिइन् । एमालेसँग सत्ता साझेदारकी विषयमा मिडियामा आएजस्तो औपचारिक छलफल नभएको उनको भनाइ छ ।