१५ बैशाख २०८१, शनिबार
Follow Us

फ्रान्सका बेन्जेमाको संन्यास

नेपालब्रिटेन संवाददाता
५ पुष २०७९, मंगलवार ०५:४३

लन्डन । फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जिवनबाट संन्यासको घोषणा गरेका छन् । कतार विश्वकअघिको अभ्यासका क्रममा चोट लागेपछि बेन्जेमा टोलीबाट बाहिरिएका थिए । फ्रान्स विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने  निर्णयमा पुगेको जनाएका हुन ।

स्पेनिस क्लब रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका बेन्जेमाले सोमबार संन्यासको घोषणा गरेका हुन ।  यसै वर्ष बालोन डी अर जितेका  बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन । सन् २००७ मा  अष्ट्रियाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय ‘डेब्यु’गरेका बेन्जेमाले यही वर्ष क्रोएसियाविरुद्ध अन्तिम खेल खेलका थिए ।