लण्डन । काठमाडौंको भव्य सहर त्यसमा पनि दबरबारमार्ग काठमाडौँको मुटु मानिन्छ । नारायणहिटी दरबारको उत्तरी ढोका नजिकैको शान्त र मनोरमा स्थलमा गैरआवासीय नेपाली लोक दाहालले भेनेजालोला रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।
विगत लामो समयदेखि प्रवासमा रहेका दाहालले मंसीरको पहिलो हप्ताबाट उक्त रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । तन वेल्जियम भएपनि मन नेपालमै रहेको दाहालले उक्त रेष्टुरेन्टमा प्रत्यक्ष र अप्रत्यक्ष गरी पचास जनालाई रोजगारी दिएका छन् । समूहिक लगानीको अवधारणमा संचालित सो रेष्टुरेन्टमा चार जना गैरआवासीय नेपालीहरुले लगानी गरेका छन् ।
उक्त रेष्टुरेन्टमा विशेष गरेर कलेज पढ्ने भाइहरुले रोजगारी पाएको मेनेजर दिपक खड्का बताउँछन् ।
यो कार्यका लागि अवसर र चुनौती दुवै भएको खड्काको भनाइ छ । उनी भन्छन्, अहिले बजारमा एकदमै प्रतिस्पर्धो छ । अपसिजनमा डाउन हुने सिजनमा माथि उठ्ने त छँदै छ । देशको आर्थिक मन्दीको कारण पनि केही प्रत्यक्ष र केही अप्रत्क्ष असर भने पारेको छ ।’
सेनिनार, वर्थ डे पाटी यहाँका विशेषता हुन् । १५० भन्दा बढी बाइक पार्किंग गर्न मिल्ने व्यववस्था समेत रहेको छ ।
शुक्रबार शनिबार लगायत स्पेशल डेम लाइभ म्यूजिकको पनि व्यवस्था रहेको उनी बताउँछन् । इटालिएर पिज्जा पास्ता अर्गानिक सलाद, नेपाली, टिपिकल थारु, चाइनिज, इटालिएन, पिज्जा, काठमाडौं मध्येको स्पेशल पिजा बनाइने उनले जानकारी दिए।
विदेशी टुरिष्ट ६० प्रतिशत आउँछन भने नेपाली टुरिष्ट ४० प्रतिशत आउने गरेका छन । विहान ९ बजेदेखि बेलुकाको ११ बजेसम्म । आगामी दिनमा भने विहान ७ देखि ११ बजेसम्म खुल्ने बताउँछन् ।
यो काम नयाँ भएकाले अवसरसँगै चुनौती पनि रहेको खड्काको भनाइ छ । डिजिटल मार्केटिंग लगायत अब आउने दिनहरुमा खाना र सर्भिसहरुलाई एकदम सुधार गरेर अगडि लैजाने मेन रुपमा सर्भिसलाई इन्फ्रुभ गर्ने बताउँछन् ।
लगानीकर्ता मध्येका एक लोक दाहालले विदेशमा रहेका नेपालीहरु नेपालमा होलिडेमा आउदा भेटघाट जोनको लागि सो रेष्टुरेन्ट उत्कृष्ट स्थल भएको बताए । उनले गैरआवासीय नेपालीहरुलाई विशेष छुटको समेत व्यवस्था गरिने बताए ।
प्रतिक्रिया