२० जेष्ठ २०८१, आईतवार
Follow Us

नगरपालिका संघको अध्यक्षमा ढुंगाना सर्वसम्मत

नेपालब्रिटेन संवाददाता
६ पुष २०७९, बुधबार १२:४३

काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन भएका छन् । ४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मन अध्यक्ष चयन भएका हुन् । उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन भएका छन् । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छन् ।