५ जेष्ठ २०८१, शनिबार
Follow Us

अल्डरसटबाट किरण पुनको हत्याको आशंकामा एक जना पक्राउ

नेपालब्रिटेन डट कम्
८ पुष २०७९, शुक्रबार २१:५४

लण्डन । डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको हत्याको आशंकामा प्रहरीले अल्डरसटबाट एक जनालाई पक्राउ गरेको छ ।

ह्याम्पसायर प्रहरीका अनुसार ३६ वर्षीय पुरूषलाई आज पक्राउ गरिएको हो र अनुसन्धानका लागि थुनामा राखिएको छ । उनी नेपाली मूलकै हुन् वा होइनन् भन्ने प्रहरीले खुलाएको छैन ।

प्रहरीका अनुसार उनी सो दिन साँझ करिब साढे ७ बजेतिर अल्डरसट स्टेशनबाहिर बसबाट ओर्लिएका थिए । उनी सो दिन उनको निवास विल्सायर, एम्सबरीबाट अल्डरसट आएको बुझिएको छ ।

डिटेक्टिभ इन्सपेक्टर होवार्ड ब्रोड्रिवले किरण पुनको हत्याको आशंका पक्राउको खबरले समुदायलमा आश्चर्य पैदा गर्न सक्ने आफूहरूलाई लागेको बताएका छन् । हालसम्म प्रहरीलाई उपलब्ध सूचनाका आधारमा यो कदम चालिएको उनले जानकारी दिए । अझै पनि किरणलाई के भएको थियो भन्नेमा प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न उनले अनुरोध गरेका छन् ।

उनले किरण केही समयदेखि सम्पर्कविहीन भएको र कसैले किरणलाई यसबीचमा देखेको भए जानकारी दिएर अनुसन्धानलाई सहयोग गर्न उनले याचना गरेका छन् ।

किरणको फार्नब्रो, अल्डरसट, बेजिङस्टोक र एण्डोभरमा पनि साथीभाइ आफन्त रहेको बताइएको छ ।

करिब ५ फिट ८ इन्च अग्ला किरणको छोटो कालो कपाल, खैरो आँखा, पातलो अनुहार र चिउँडोमा खत रहेको बताइएको छ । उनको बारेमा केही जानकारी भए ह्याम्पसायर प्रहरीलाई १०१ मा फोन गरी रिफरेन्स नम्बर 44220510992 उल्लेख गरी जानकारी दिन सकिने छ । यसैगरी आफ्नो नाम नखुलाई ०८०० ५५५ १११ मा क्राइमस्टोपरमार्फत जानकारी दिन सकिने छ ।

– वीनेपाली