१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रमोद खरेलको नयाँ गीत जसको दिलमाको सर्वत्र चर्चा

नेपालब्रिटेन डट कम्
१० पुष २०७९, आईतवार ००:२१

काठमाडौं– लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत जसको दिलमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

माया, प्रेम, रोमान्स र विरहले भरिएको जसको दिलमा त्रिकोणत्मक प्रेम कथामा आधारित छ । सुनिल बिसीको शब्द तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको विरहको प्रेम गाथालाई देखाइएको छ ।

जसमा दिनेश कठायत काजी, मनिषा गिरी र प्रकाश खड्काको अभिनय देख्न सकिन्छ । निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर रहेको छ भने प्रकाश खड्काको छायांकन रहेको छ ।

सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो । भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो ।