५ भाद्र २०८३, शुक्रबार
Follow Us

गरिमालाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०८३, शुक्रबार ०६:१२

काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर काठमाडौंमा प्रदर्शन गरिएको छ। स्वतन्त्र आमा समूहको अगुवाइमा शुक्रबार माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले गरिमा चौधरीका लागि न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरू विभिन्न नारासहित काठमाडौं जिल्ला अदालतसम्म पुगेका थिए । उनीहरूले अदालत परिसरअगाडि प्रदर्शन गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाहीकाे माग गरेका छन् ।

उनीहरूले ‘पोइसा चाँहिदैन्’, ‘हिजोको वार्ता मान्दैनौं’, ‘जागिर चाहिँदैन’, ‘छोरी फिर्ता आउँदैन’, ‘बलत्कारीलाइ फाँसी दे’ लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

जिल्ला अदालत अगाडि प्रदर्शन गरेपछि उनीहरू पुनः माइतीघरतर्फ फर्किएका छन् ।

धेरै पढिएको