१६ बैशाख २०८१, आईतवार
Follow Us

नेपाल पत्रकार महासंघ यूरोप शाखाले मनायो नयाँ वर्ष

नेपालब्रिटेन डट कम्
१७ पुष २०७९, आईतवार ०३:३५

काठमाडाैं । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नयाँ वर्ष २०२३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

भर्चुअल माध्यबाट शनिवार साँझ आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका नवनिर्वाचित सांसद ठाकुर गैरेले देशको आर्थिक अवस्था गम्भीर रहेको बताउँदै आगामी वर्षमा देश समृद्धिको बाटोमा जाने विचार व्यक्त गरे । उनले आगामी दिनमा विदेशमा बस्ने नेपाली समूदायका मागहरुलाई नेपालको संसदमा बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष यासमिन वेगम सैयदले नयाँ वर्षको शुभकामना व्यक्त गरिन् । उनले पुरानो वर्षका नकरात्मक कुरा विर्सेर नयाँ वर्षमा अघि बढ्न सुझाव दिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले शुभकामना मन्तव्य दिदै पत्रकारहरुलाई काम गर्न अझै पनि चुनौती रहेको बताए । उनले पत्रकारहरुलाई निरत्साहित गर्न समाजिक संजाल मार्फत नयाँनयाँ चुनौती थपिएको बताए । उनले नयाँ वर्षमा प्रेस स्वतन्त्रता अझ मजबुत बनाउँदै अघि बढ्न सकियोस् भनेर शुभकामना दिए

शुभद्रा ढकाल र इन्दिरा चामलिङको गजल तथा मुक्तक प्रस्तुत रहेको कार्यक्रममा काठमाडौँका लागि पोर्चुगलका बाणिज्यदूत तथा उद्योगी राजेन्द्र खेतान, पत्रकार चिरन शर्मा, एनआरएनए उपमहासचिव गंगाधार गौतम, सचिव राधिका गुरुङ (टीका), प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय समितिका अध्यक्ष संजय थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, प्रवासी नेपाली एकता मंच युरोप संयोजक उमेश मोक्तान लगायतले शुभकामना मन्तव्य दिए ।

यसैगरी ग्लोबल एनआरएनए सचिव धर्मराज खतिवडा, पशुपति पोखरेल, बेदबहादुर कडेल लगायतले शुभकामना दिएका थिए । शाखाका कार्यवाहक अध्यक्ष केजीन राईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष राजकुमार थापा, महासचिव द्रोण रिजाल र सचिव शेरबहादुर परियारले शुभकामना मन्तव्य सहित संयुक्त रूपमा संचालन र स्वागत गरेका थिए ।