लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मासिक खर्च आम्दानी भन्दा कयौं गुणा बढी देखिएको छ । एनआरएनए आर्थिक विभागले जारी गरेको नोभेम्बर महिनाको आर्थिक प्रतिवेदन अनुसार संघले जम्मा ९ लाख ४२ हजार ३ सय ९ रुपैयाँ आम्दानी देखाइएको छ भने सचिवालयलगायत गरेर खर्च जम्मा दुई करोड ८ लाख १२ हजार ९ सय १८ रुपैयाँ खर्च देखाइएको छ ।
संघले वार्षिक साधारणसभा, स्वास्थ्य सम्मेलन स्पोन्सर, फिक्स डिपोजिट, चन्दा, भाडालगायतको शीर्षकमा आम्दानी गरेको छ । संघले कर्मचारीको तलव भत्ता, सुरक्षा व्यवस्थापन, साधारणसभा, खेलकुद, भूकम्प पीडितको लागि राहत, वेव होस्टिङलगायतको शीर्षकमा २ करोड भन्दा बढी खर्च भएको जनाएको छ ।
एनआरएनए स्रोतका अनुसार संघको आर्थिक व्यवस्थापनको जिम्मा लिएको ट्रेजरी समूहले हरेक महिना संघको खातामा रहेको हिसाबकिताव सार्वजनिक गरे पनि आर्थिक संकलनमा भने कुनै उल्लेख्य प्रगति नगर्दा संघ घाटामा जान लागेको हो । स्रोतका अनुसार बिभिन्न शीर्षकमा संघभित्र उठ्न पर्ने करिब १० करोड रुपैयाँ संकलन गर्न कोषाध्यक्ष मण्डलले कुनै चासो देखाएको छैन ।
ट्रेजरी समितिका एक सदस्यले भने समितिको बैठक रहेक हप्ता बस्ने पनि संघलाई आर्थिक रुपमा माथि उठाउने कुनै योजना आउदैन । भइराखेको पैसा यता सार्ने र उता सार्ने तथा आर्थिक व्यवस्थापनलाई गिजोल्ने काम भएको छ । उनले भने– ‘त्यो ट्रेजरी समितिमा रहेका एक दुई जनाले आफ्नै डम्फु बझाउँछन कसैले कुरा सुन्दैनन्, म मात्र होइन् धेरै सदस्यहरु बैठकमा जानै छोडिसके ।
आर्थिक नीति बनाउन जिम्मा दिएको समितिले नै बैंकको खजान्जिले जस्तो काम गर्न थालेपछि म बैठकमा जान छोडे, ती पदाधिकारीले नेपालब्रिटेन डट कमसँग भने । स्रोतका अनुसार संघका केन्द्रीय पदाधिकारीहरुले समेत तिर्न पर्ने पैसा तिरेका छैनन् । उनीको नाम सार्वजनिक नगरेर ट्रेजरी समूहले ढाकछोप गरेको छ ।
संघका अध्यक्ष कुल आचार्यले काठमाण्डौंमा बृद्धाआश्रम बनाउने निर्णय सहित घोषणा गरेको १ करोड रुपैयाँ संघको खातामा जम्मा समेत गरेका छैनन् । उनी सहित अधिकांस पदाधिकारीले सो परियोजानको पैसाँ दिन चासो देखाएका छैनन् । सो परियोजनाको लागि खाता समेत खोलिएको छैन् ।
बैंकमा खातैखाता, पैसा बढ्दैन
संघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अहिलेसम्म संघको स्वामित्वमा देशभित्र २१ वटा बैंक खाताहरु सक्रिय छन् । संघले सानिमा बैंकको टेकु खातामा ७ करोड रुपैयाँ तीन वर्षको लागि फिक्स डिपोजिटमा राखेको छ । सचिवालयको चालू खातामा ५ करोड रुपैयाँ रहेको छ भने आपतकालिन फण्डमा ४ करोड ९१ लाख रुपैया मौजाद रहेको छ । संघले इन्ड्रोसमेन्ट, स्पोर्टस् , च्यारिटी, रोड सुरक्षा, कृषि प्रवर्धन, ब्लड बैंक, बिल्डिङ बैंक लगायतको शीर्षकमा खाता संचालन गरेको छ ।



को को छन् आर्थिक समितिमा
