५ असार २०८१, मंगलवार
Follow Us

मन्त्रालय अस्वीकार गर्दै पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री खान

नेपालब्रिटेन संवाददाता
३ माघ २०७९, मंगलवार १३:०५

काठमाडौँ। मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै जनमत पार्टीका तर्फबाट मन्त्री बनेका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् । मङ्गलवार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो ।

पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको जनाउँदै प्रधानमन्त्रीसँग भएको सहमति अनुसार नभएको पार्टीका एक नेताले बताए ।

प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको जनाएको जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएकै दिनमा खानले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए ।