१३ बैशाख २०८१, बिहीबार
Follow Us

न्युकासलले साउथह्याम्पटनलाई हरायो

नेपालब्रिटेन संवाददाता
११ माघ २०७९, बुधबार ०४:५९

लन्डन । काराबाओ कप फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई हराएको छ । मंगलबार राति भएको खेलमा न्युकासलले साउथह्याम्पटनलाई १–० ले हराएको हो ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा न्युकासलका लागि जोएलिन्टनले ७३ औं मिनेटमा निर्णायक गोल गरे । आफ्नै मैदानमा भएको पहिलो लेगमा पराजित भएपछि दोस्रो लेगको खेल पूर्व साउथह्याम्पटन दबाबमा परेको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बुधबार राति नटिङ्घम फरेष्ट र म्यान्चेस्टर युनाइटेड भिड्नेछन् । पहिलो लेगको खेल नटिङ्घमको मैदानमा हुनेछ ।