१७ असार २०८१, आईतवार
Follow Us

म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेष्टलाई हरायो

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७९, बिहीबार ०५:५९

लन्डन । काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले नटिङ्घम फरेष्टलाई हराएको छ । बुधबार राति भएको खेलमा युनाईटेडले नटिङ्घमलाई ३–० ले हराएको हो ।

नटिङ्घमको मैदानमा भएको खेलमा युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड, वौट वेगहर्स्ट र ब्रुनो फर्नान्डेजले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा वेगहर्स्टले गोल गर्दै युनाईटेडलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८९ औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाईटेडलाई ३–० को सहज जित दिलाए ।

पहिलो लेगमा विजयीपछि युनाइटेडले लिग कप फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ । सेमिफाइनलको दोस्रो लेगको खेल यही फेब्रुअरी १ तारिखमा युनाइटेडको मैदानमा हुनेछ । अर्को सेमिफाइनल न्युकासल युनाइटेड र साउथह्याम्पटनबीच भैरहेको छ ।